Guideline

Metalogic Software Pvt. Ptd. द्वारा निर्मित डिजिटल वंशावली " खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज, नेपाल"को लागि तयार पारिएको Guideline. वंशावली फाराम भर्ने तरीका

Website प्रयोग गर्दै हुनुहुन्छ भने, Site खुलेपछि नेभिगेसन वारमा भएको वंशवृक्ष भित्र मेरो वंशवृक्षमा क्लिक गर्नुहोला अन्य प्रक्रिया मोबाइल एप र वेभसाइट उस्तै हो ।

वंशावली फाराम भर्ने तरीका Website प्रयोग गर्दै हुनुहुन्छ भने, Site खुलेपछि नेभिगेसन वारमा भएको वंशवृक्ष भित्र मेरो वंशवृक्षमा क्लिक गर्नुहोला अन्य प्रक्रिया मोबाइल एप र वेभसाइट उस्तै हो ।
मोबाइल एप प्रयोग गर्दै हुनुहुन्छ भने, (SON) छोराले आफ्नो फाराम कसरी भर्ने ?
• फुटरमा भएको वंशावलीमा Click गरि मेरो वंशवृक्षमा Click गर्नुहोला ।
• एउटा + चिन्ह देखा पर्दछ । त्यो + मा Click गर्नुहोला । एउटा फाराम खुल्छ । त्यो फाराममा आफ्नो विवरण तपसिल बमोजिम भर्नुहोला,
• शुरुमा फोटो Select गर्नुहोला । फोटोलाई पासपोटोको साइजमा Crop गर्नुहोला र Crop & Save मा Click गर्नुहोला ।
• आफ्नो पूरा नाम लेख्नुहोला । जस्तैः राजकुमार
• थर लेखिएको ठाउँमा थर लेखिरहनु नपर्ने गरी राउत डिफल्ट बनाइएको छ ।
• Name in English मा अंग्रेजी नाम लेख्नुहोला । जस्तैः Raj Kumar Raut
• कतिऔं सन्तानमा आफ्नो बुबाको सन्तानहरुमा आफू कति नम्बरमा पर्नुहुन्छ त्यहि लेख्नुहोला । जस्तै म २ जना दिदीहरू र १ जना दाजु पछि जन्मिएको हो भने, मेरो नम्बर 4 हुनेछ । त्यही 4 लेख्नुहोला । यो कतिऔं सन्तानमा दुई वा दुईभन्दा बढी आमाहरूबाट जन्मिएका सन्तान भए पनि वुवाको सन्तनको हिसाबमा गणना गरिन्छ ।
• उपनाम भए त्यो पनि लेख्नुहोला । जस्तैः भरत
• आफ्नो जन्ममिति कागजी आधारमा नभएर जन्मेको आधारमा लेख्नुहोला । जन्ममितिको फर्मेट 2033-08-07 यस्तो लेख्नुहोला ।
• आफ्नो जन्मस्थान लेख्नुहोला । जस्तैः एकतप्पा, इलाम
• आफ्नो पूर्खाको थाक-थलो लेख्नुहोला । जस्तैः काभ्रेको पनौती
• आफूले मानिआएको कूल देवताको नाम लेख्नुहोला ।
• आफ्नो Blood Group चयन गर्नुहोला । जस्तैः A+
• आफू जन्मिएको स्थान र हाल बसोबास गरेको स्थान वेग्ला-वेग्लै हो भने वसाइसराइको विवरण लेख्नुहोला । जस्तैः एकतप्पा, इलामदेखि ललितपुर इमाडोल
• आफ्नो पेशा छनोट गर्नुहोला । जस्तैः शिक्षक
• पेशा छनोट गरेपछि आफूले गरेको पेशाको प्रकृति पनि लेख्नुहोला । जस्तैः मा.वि. प्रथम श्रेणी
• यदि उक्त लिस्टमा आफ्नो पेशा छैन भने अन्य मा Click गरेर आफ्नो पेशा लेख्नुहोला । जस्तैः सहकारी व्यबस्थापक
• शैक्षिक योग्यता छनोट गर्नुहोला । जस्तैः स्नातकोत्तर
• शैक्षिक योग्यतामा आफ्नो योग्यताको विवरण लेख्नुहोला । जस्तैः शिक्षा संकाय (अंग्रेजी)
• यदि उक्त लिस्टमा आफ्नो योग्यताको बारेमा छैन भने अन्य मा Click गरेर आफ्नो योग्यताको डिग्री लेख्नुहोला । जस्तैः शास्त्री
• आफ्नो इमेल लेख्नुहोला । जस्तैः rajraut2080@gmail.com
• आफ्नो मोवाइल नम्बर लेख्नुहोला । जस्तैः 9851353599
• विवाहित वा अविवाहित छनोट गरी Tick लगाउनुहोला ।
• हालको ठेगाना छनोट गर्नुहोला ।
• नेपाल, प्रदेश, जिल्ला, पालिका, वडा नं. छनोट गर्नुहोला ।
• आफ्नो टोलको नाम लेख्नुहोला । जस्तैः पुलचोक
• यदि स्थाई रूपमा नेपाल बाहिर बसोवास गर्नुहुन्छ भने देशको नाम छनोट गरी सोहि देशको स्थानीय ठेगाना लेख्नुहोला । जस्तैः USA वासिङ्टन डि सी
• अन्त्यमा एक पटक भरिसकेको विवरण चेक गरी पेश गर्नुहोस् बटनमा Click गर्नुहोला । नोटः आफ्नो विवरण भरिसकेपछि केहि गल्ति भए सच्याउनको लागि वा Update गर्नको लागि आफ्नो फोटोलाई Click गरेर Edit Details मा Click गरि विवरण सच्यउन सक्नुहुनेछ ।मोबाइल एप प्रयोग गर्दै हुनुहुन्छ भने, (SON) छोराले आफ्नो फाराम कसरी भर्ने ?
• फुटरमा भएको वंशावलीमा Click गरि मेरो वंशवृक्षमा Click गर्नुहोला ।
• एउटा + चिन्ह देखा पर्दछ । त्यो + मा Click गर्नुहोला । एउटा फाराम खुल्छ । त्यो फाराममा आफ्नो विवरण तपसिल बमोजिम भर्नुहोला,
• शुरुमा फोटो Select गर्नुहोला । फोटोलाई पासपोटोको साइजमा Crop गर्नुहोला र Crop & Save मा Click गर्नुहोला ।
• आफ्नो पूरा नाम लेख्नुहोला । जस्तैः राजकुमार
• थर लेखिएको ठाउँमा थर लेखिरहनु नपर्ने गरी बुढाथोकी डिफल्ट बनाइएको छ ।
• Name in English मा अंग्रेजी नाम लेख्नुहोला । जस्तैः Raj Kumar Budhathoki
• कतिऔं सन्तानमा आफ्नो बुबाको सन्तानहरुमा आफू कति नम्बरमा पर्नुहुन्छ त्यहि लेख्नुहोला । जस्तै म २ जना दिदीहरू र १ जना दाजु पछि जन्मिएको हो भने, मेरो नम्बर 4 हुनेछ । त्यही 4 लेख्नुहोला । यो कतिऔं सन्तानमा दुई वा दुईभन्दा बढी आमाहरूबाट जन्मिएका सन्तान भए पनि वुवाको सन्तनको हिसाबमा गणना गरिन्छ ।
• उपनाम भए त्यो पनि लेख्नुहोला । जस्तैः भरत
• आफ्नो जन्ममिति कागजी आधारमा नभएर जन्मेको आधारमा लेख्नुहोला । जन्ममितिको फर्मेट 2033-08-07 यस्तो लेख्नुहोला ।
• आफ्नो जन्मस्थान लेख्नुहोला । जस्तैः एकतप्पा, इलाम
• आफ्नो पूर्खाको थाक-थलो लेख्नुहोला । जस्तैः काभ्रेको पनौती
• आफूले मानिआएको कूल देवताको नाम लेख्नुहोला ।
• आफ्नो Blood Group चयन गर्नुहोला । जस्तैः A+
• आफू जन्मिएको स्थान र हाल बसोबास गरेको स्थान वेग्ला-वेग्लै हो भने वसाइसराइको विवरण लेख्नुहोला । जस्तैः एकतप्पा, इलामदेखि ललितपुर इमाडोल
• आफ्नो पेशा छनोट गर्नुहोला । जस्तैः शिक्षक
• पेशा छनोट गरेपछि आफूले गरेको पेशाको प्रकृति पनि लेख्नुहोला । जस्तैः मा.वि. प्रथम श्रेणी
• यदि उक्त लिस्टमा आफ्नो पेशा छैन भने अन्य मा Click गरेर आफ्नो पेशा लेख्नुहोला । जस्तैः सहकारी व्यबस्थापक
• शैक्षिक योग्यता छनोट गर्नुहोला । जस्तैः स्नातकोत्तर
• शैक्षिक योग्यतामा आफ्नो योग्यताको विवरण लेख्नुहोला । जस्तैः शिक्षा संकाय (अंग्रेजी)
• यदि उक्त लिस्टमा आफ्नो योग्यताको बारेमा छैन भने अन्य मा Click गरेर आफ्नो योग्यताको डिग्री लेख्नुहोला । जस्तैः शास्त्री
• आफ्नो इमेल लेख्नुहोला । जस्तैः rajbudhathoki2080@gmail.com
• आफ्नो मोवाइल नम्बर लेख्नुहोला । जस्तैः 9851353599
• विवाहित वा अविवाहित छनोट गरी Tick लगाउनुहोला ।
• हालको ठेगाना छनोट गर्नुहोला ।
• नेपाल, प्रदेश, जिल्ला, पालिका, वडा नं. छनोट गर्नुहोला ।
• आफ्नो टोलको नाम लेख्नुहोला । जस्तैः पुलचोक
• यदि स्थाई रूपमा नेपाल बाहिर बसोवास गर्नुहुन्छ भने देशको नाम छनोट गरी सोहि देशको स्थानीय ठेगाना लेख्नुहोला । जस्तैः USA वासिङ्टन डि सी
• अन्त्यमा एक पटक भरिसकेको विवरण चेक गरी पेश गर्नुहोस् बटनमा Click गर्नुहोला । नोटः आफ्नो विवरण भरिसकेपछि केहि गल्ति भए सच्याउनको लागि वा Update गर्नको लागि आफ्नो फोटोलाई Click गरेर Edit Details मा Click गरि विवरण सच्यउन सक्नुहुनेछ ।

(DAUGHTER IN LAW) श्रीमतीको फाराम कसरी भर्ने ?
• जसको श्रीमतीको विवरण भर्नुपर्ने हो उसैको फोटोमा Click गरि Add Wife गर्नुहोला .
• शुरुमा फोटो Select गर्नुहोला । फोटोलाई पासपोटोको साइजमा Crop गर्नुहोला र Crop & Save मा Click गर्नुहोला ।
• शुरुको र बीचको नाम लेख्नुहोला । जस्तैः चन्द्र कुमारी
• थरमा भरसक माइतको थर लेख्नु भए राम्रो । जस्तैः बुढाथोकी
• Name in English मा अंग्रेजीमा नाम लेख्नुहोला । जस्तैः Chandra Kumari Budhathoki
• जन्म मिति लेख्नुहोला । जन्ममितिको फर्मेट 2040-07-03 यस्तो लेख्नुहोला ।
• वालवालिकाको संख्यामा उक्त कोखबाट जन्मिएका वालवालिकाको संख्या लेख्नुहोला । जस्तैः 3
• विवाह गरेको मिति लेख्नुहोला । जस्तैः 2060-01-03
• गोत्रमा माइतको गोत्र लेख्नुहोला । जस्तैः कौशिक
• Blood Group चयन गर्नुहोला । B+
• पेशा छनोट गर्नुहोला । जस्तैः नेपाली सेना
• पेशा छनोट गरेपछि पेशाको प्रकृति पनि लेख्नुहोला । जस्तैः जर्नेल
• यदि उक्त लिस्टमा आफूले गरेको पेशा छैन भने अन्य मा Click गरेर पेशा लेख्नुहोला । जस्तैः लेखापाल
• शैक्षिक योग्यता छनोट गर्नुहोला । जस्तैः स्नातकोत्तर
• शैक्षिक योग्यता छनोट गरेपछि शैक्षिक योग्यताको विवरण लेख्नुहोला । जस्तैः शिक्षा संकाय (अंग्रेजी)
• उक्त लिस्टमा आफ्नो योग्यताको बारेमा लेखिएको छैन भने अन्य मा Click गरेर योग्यताको किसिम लेख्नुहोला । जस्तैः पण्डित हालको ठेगानामा,
• नेपाल, प्रदेश, जिल्ला, पालिका, वडा नं. छनोट गर्नुहोला ।
• माइती घर मा माइतको ठेगाना लेख्नुहोला । जस्तैः फिक्कल, इलाम
• जिवित, मृतक, सम्पर्क विहिन के हो ? Tick लगाउनुहोला ।
• इमेल लेख्नुहोला ।
• मोवाइल नम्बर लेख्नुहोला ।
• अन्त्यमा भरिसकेको विवरण एक पटक चेक गरी पेश गर्नुहोस् बटनमा Click गर्नुहोला । नोटः दुई वा दुईभन्दा बढी श्रीमती भए आफ्नो फोटोमा Click गरी Add Wife मा Click गरेर अर्की श्रीमतीको विवरण भर्न सक्नुहुनेछ । विवरण भरिसकेपछि केहि गल्ति भए सच्याउनको लागि वा Update गर्नको लागि फोटोलाई Click गरि Edit Details मा Click गरेर विवरण सच्यउन सक्नुहुनेछ ।

(DAUGHTER) छोरीको फाराम कसरी भर्ने ?
• शुरुमा जसको छोरीको विवरण भर्नुपर्ने वहाँको फोटोमा Click गर्दा Add Daughter देखिन्छ त्यहाँ Click गर्नुहोला ।
• फोटो Select गर्नुहोला । फोटोलाई पासपोटोको साइजमा Crop गर्नुहोला र Crop & Save मा Click गर्नुहोला ।
• पूरा नाम लेख्नुहोला । जस्तैः चन्द्रमाया
• अविवाहित भए आफ्नो थर लेख्नुहोला, यदि विवाहित भए माइतको थर लेखेर घरको थर लेख्नुहोला । जस्तैः बुढाथोकी वा बुढाथोकी (पौडेल)
• Name in English मा अंग्रेजी नाम लेख्नुहोला । जस्तैः Chandra Maya Budhathoki वा Chandra Maya Budhathoki (Paudel)
• उपनाम भए त्यो पनि लेख्नुहोला । जस्तैः मनिषा
• कतिऔं सन्तानमा आफ्नो बुबाको सन्तानहरुमा आफू कति नम्बरमा पर्नुहुन्छ त्यहि लेख्नुहोला । जस्तै ; दुई जना दिदीहरू र एक जना दाजु पछि जनमिएको हो भने उनिको नम्बर ४ हुनेछ । त्यही ४ लेख्नुहोला । यो कतिऔं सन्तानमा दुई वा दुईभन्दा बढी आमाहरूबाट जन्मिएका सन्तान भएपनि वुवाको सन्तनको हिसाबमा गणना गरिन्छ ।
• मानी आएको कूल देवताको नाम लेख्नुहोला । जस्तैः
• Blood Group चयन गर्नुहोला । जस्तैः B+
• आफू जन्मिएको स्थानदेखि हाल बसोबास गरेको स्थान वेग्लै हो भने वसाइसराइको विवरण उल्लेख गर्नुहोला । विवाहित भए घरको ठाउँ लेख्नुहोला । जस्तैः इलाम
• पेशा छनोट गर्नुहोला । जस्तैः पाइलट
• पेशा छनोट गरेपछि पेशाको प्रकृति पनि लेख्नुहोला । जस्तैः (जेट बिमान)
• यदि उक्त लिस्टमा पेशा छैन भने अन्य मा Click गरेर आफ्नो पेशा लेख्नुहोला । जस्तैः मार्केटिङ सुपरभाइजर ... कम्पनी
• शैक्षिक योग्यता छनोट गर्नुहोला । जस्तैः स्नाकोत्तर
• शैक्षिक योग्यताको किसिममा योग्यताको विवरण लेख्नुहोला । जस्तैः पाइलट
• यदि उक्त लिस्टमा योग्यताको बारेमा छैन भने अन्य मा Click गरेर आफ्नो योग्यता डिग्री लेख्नुहोला । जस्तैः कथा वाचक पण्डित
• जिवित, मृतक, सम्पर्क विहिन के हो ? Tick लगाउनुहोला ।
• जन्ममिति कागजी आधारमा नभएर जन्मेको आधारमा लेख्नुहोला । जस्तैः 2054-01-01
• इमेल लेख्नुहोला । जस्तैः chandra2080@gmail.com
• मोवाइल नम्बर लेख्नुहोला । 9851353599
• विवाहित वा अविवाहित छनोट गरी Tick लगाउनुहोला । हालको ठेगानामा,
• Nepal, प्रदेश, जिल्ला, पालिका, वडा नं. छनोट गर्नुहोला ।
• टोलको नाम लेख्नुहोला । जस्तैः डाँडागाउँ
• यदि स्थाई रूपमा नेपाल बाहिर बसोवास गर्नुहुन्छ भने देशको नाम छनोट गरी सोहि देशको स्थानीय ठेगाना लेख्नुहोला । जस्तैः Australia (Sidney)
• मृतक भए मृत्यु मिति लेख्नुहोला, हालको ठेगाना छनोट गर्नु पर्दैन ।
• सम्पर्क विहिन भए थाहा पाएसम्मको विवरण लेख्नुहोला । जस्तैःआसाम भारत तिर गएको अरे
• अन्त्यमा भरिसकेको विवरण एक पटक चेक गरी पेश गर्नुहोस् बटनमा Click गर्नुहोला । नोटः विवरण भरिसकेपछि केहि गल्ति भए सच्याउनको लागि वा Update गर्नको लागि उक्त फोटोलाई Click गरेर Edit Details मा Click गरि विवरण सच्यउन सक्नुहुनेछ ।

(SON IN LAW) ज्वाईंको फाराम कसरी भर्ने ?
• जुन छोरीको श्रीमानको विवरण भर्नुपर्ने हो उसैको फोटोमा Click गरि Add Husband गर्नुहोला । फाराम खुल्छ ।
• शुरुमा फोटो Select गर्नुहोला । फोटोलाई पासपोटोको साइजमा Crop गर्नुहोला र Crop & Save मा Click गर्नुहोला ।
• शुरुको र बिचको नाम लेख्नुहोला ।
• थर लेख्नुहोला ।
• Name in English मा अंग्रेजीमा नाम लेख्नुहोला ।
• जन्म मिति लेख्नुहोला ।
• वालवालिकाको संख्या लेख्नुहोला ।
• विवाह गरेको मिति लेख्नुहोला ।
• गोत्रमा आफ्नो गोत्र लेख्नुहोला ।
• Blood Group चयन गर्नुहोला ।
• पेशा छनोट गर्नुहोला ।
• पेशा छनोट गरेपछि पेशाको प्रकृति पनि लेख्नुहोला ।
• यदि लिस्टमा उक्त पेशा छैन भने अन्य मा Click गरेर पेशा लेख्नुहोला ।
• शैक्षिक योग्यता छनोट गर्नुहोला ।
• शैक्षिक योग्यता छनोट गरेपछि शैक्षिक योग्यताको विवरण लेख्नुहोला ।
• यदि लिस्टमा योग्यताको बारेमा लेखिएको विवरण छैन भने अन्य मा Click गरेर योग्यताको डिग्री लेख्नुहोला । हालको ठेगानामा,
• नेपाल, प्रदेश, जिल्ला, पालिका, वडा नं. छनोट गर्नुहोला ।
• टोलको ठेगाना लेख्नुहोला । जस्तै; फिक्कल, इलाम
• जिवित, मृतक, सम्पर्क विहिन के हो ? Tick लगाउनुहोला ।
• इमेल लेख्नुहोला ।
• मोवाइल नम्बर लेख्नुहोला ।
• अन्त्यमा एक पटक भरिसकेको विवरण चेक गरी पेश गर्नुहोस् बटनमा Click गर्नुहोला ।

नोटः विवरण भरिसकेपछि केहि गल्ति भए सच्याउनको लागि वा Update गर्नको लागि उक्त फोटोलाई Click गरेर Edit Details मा Click गरि विवरण सच्यउन सक्नुहुनेछ ।

फाराम भर्ने थप जानकारीः


• आफ्नो विवरण भरिसकेपछि आफ्नो फोटोलाई Click गर्दा Add Father र Add Wife को Options आउँछ ।
• वुवाको विवरण भर्नको लागि Add Father मा Click गर्नुपर्दछ भने श्रीमतीको विवरण भर्नको लागि Add Wife मा Click गर्नुपर्दछ ।
• आमाको विवरण भर्नको लागि वुवाको फाराम भरिसकेपछि वुवाको फोटोमा Click गरेर Add Wife मा Click गर्नु पर्दछ ।
• जसरी आफ्नो फोटोलाई Click गर्दा Add Father को Option आयो त्यसैगरी वुवाको फोटोलाई Click गर्दा Add Father को Option आउँछ र वुवाको वुवा (हजुरवुवा) को विवरण भर्नु पर्दछ ।
• हजुरवुवाको फोटोलाई Click गरेर हजुरआमा र हजुरवुवाको वुवा (जिजुवुवा) को फाराम भर्नु पर्दछ । एवं प्रकारले सोभन्दा माथिको पुस्ताको जानेजति विवरण भर्नु पर्दछ ।
• श्रीमतीको विवरण भरिसकेपछि आफ्नो फोटोलाई Click गर्दा Add Daughter, Add Son, Add Wife को Option आउँछ । कसको विवरण भर्ने हो छनोट गरि Click गर्नुहोला र विवरण भर्नु होला ।

वंशावली फाराम भर्दा केहि कन्फ्युजन भए आफ्नो परिवार भित्रको वंशावली ईडिटरलाई सम्पर्क गर्नुहोला ।

वंशावली सफ्टवेयर भित्र रहेका अन्य फिचर सम्बन्धि जानकारीः

गृहपृष्ठः
• प्रत्येक प्रदेशमा रहेका जनसंख्याको पाईचार्ट सहित डाटा भिजुअलाइजेशन, जिल्ला अनुसार जनसंख्याको बारग्राफ, उमेर समूह अनुसार जनसंख्या विवरण,
• दैनिक जन्मदिन, विवाह वार्षिकोत्सव र परमधामगमनको विवरण
• शीर्ष र तत्कालीन दाताहरूको नाम, रकम र उद्देश्य,
• डिजिटल वंशावली दाताहरु भए गृह पृष्टमा फोटोसहितको विवरण, नोटः गृह पृष्ठमा अन्य फिचरहरूको संक्षिप्त विवरणहरू समावेश छन् ।

हाम्रो बारेमाः
• संगठनको बारेमा ईतिहासविद्वहरूले लेखेका तथ्यपरक जानकारी पढ्न पाइने छ,
• बिभिन्न व्यक्तिहरुले दिनुभएको शुभकामना पढ्न पाइने छ,
• अध्यक्षको सन्देश पढ्न पाइने छ,
• महासचिवको सन्देश पढ्न पाइने छ,
• वंशावली सम्पादक (संयोजक) को सन्देश पढ्न पाइने छ,
• नाम, पद, सम्पर्क नम्बर र फोटो सहित विभिन्न तहका समिति तथा उप–समिति पदाधिकारी तथा सदस्यहरूको विवरण हेर्न पाइने छ,
• विधानमा उल्लेख गरे बमोजिम संस्थाका सबै प्रकारका सदस्यताको सूची हेर्न पाइने छ,

वंशवृक्षः
• पूर्ण वंशवृक्षः यस भित्र रेकर्ड भएका सम्पूर्ण डाटाहरु हेर्न र पुस्ता जोडिएका वंशलाई हेर्न पाइने छ,
• मेरो वंशवृक्षः आफ्नो सीमित परिवारको वंशवृक्ष देखि मर्ज हुँदै गएको सम्पूर्ण वंशलाई जोड्ने वृक्षचार्टको सिस्टम बनाइएको छ । यसै मेरो वंशवृक्षबाट आफ्नो देखि परिवारका सदस्यहरुको फोटो सहितको वृक्षचार्ट र फोटो विना नाम मात्रको वृक्षचार्ट हेर्न पाइने छ,

ग्यालरीः
• विविन्न समयमा विभिन्न स्थानबाट विभिन्न व्यक्तिले पोष्ट गरेका तर एड्मिन प्यानलबाट स्वीकृत भएका संस्थागत फोटो र भिडियोहरु ग्यालरीमा हेर्न सकिनेछ,

योगदानः
• कूल पूजा, भवन निर्माण, भौतिक निर्माण, अक्षयकोष, सदस्यता शुल्क, स्वऐक्षिक दान, समय–समयमा गरिने संस्थागत इभेन्ट्स जस्ता कार्यक्रमहरुमा आर्थिक संकलनको लागि तपशिल बमोजिम योगदानको प्रक्रिया गर्न सकिनेछ ।
• योगदान मा क्लिक
• संस्थामा योगदान गर्नुहोस् मा क्लिक
• दिइएको वैंक खाता वा क्यु.आर. मा कुनै किसिमको योगदानमा आधारित रकम जम्मा गर्नुहोला ।
• जम्मा गरेको रकमको स्क्रिन सट राख्नुहोला ।
• अब, Claim Contribution मा क्लिक
• दाताको फोटो Upload गर्नुहोला ।
• दाताको नाम लेख्नुहोला ।
• ठेगाना चयन गर्नुहोला ।
• डोनेशन गरेको रकम लेख्नुहोला ।
• दाताको मोवाइल नम्बर लेख्नुहोला ।
• योगदानको प्रकारमा केन्द्रीय कोषमा जाम्मा गर्न Central चयन गर्नुहोला, अन्य कुनै कार्यक्रमको लागि डोनेशन हो भने Events चयन गर्नुहोला ।
• डोनेशन गरेको स्क्रिन सट वा वैंक भौचरको प्रमाण पेश गर्नुहोला ।
• योगदानको उद्देश्यमा रकम डोनेशन गर्नुको कारण लेख्नुहोला । जस्तैः देवघाटको कूलघर निर्माणार्थ अथवा ललितपूरको पुराणको सहयोगार्थ ।
• Claim Contribution मा Click गर्नुहोला ।
• यसरी पेश गरेको Claim Contribution केन्द्रीय समितिले प्रमाणित गरेपछि रकम बुझाएको प्रमाणपत्र डाउनलोड गर्न सकिनेछ ।

लेखः लेखमा क्लिक गर्दा, आलेख, साहित्य संगालो, वंशज योगदान देखिन्छ ।
• आलेख क्लिक,
• Add Alekh क्लिक,
• आलेखको शिर्षक,
• आलेखको छोटो विवरण,
• आलेखको लेखकको नाम,
• आलेखको फोटो अपलोड गरी आलेखको बारेमा छोटो जानकारी लेखि Submit बटनमा क्लिक गर्नुहोला । यसैगरी साहित्य संगालो र वंशज योगदान पनि अपलोड गर्न सकिन्छ ।

डाउनलोडः
• यस भित्र संस्थाका वार्षिकोत्सवका रिपोर्ट, आर्थिक नियमावली, विधान जस्ता आवश्यक कागजातहरु र रिफरेन्स डकुमेन्ट्सहरु राखिएको हुनछ, आवश्कता अनुसार डाउनलोड गरेर हेर्न पढ्न सकिनेछ ।

सूचनाः
• संस्थाका जरुरी सूचना भए पपअफ मा आउने गरी राखिएको छ ।
• केन्द्रका प्रदेश, जिल्ला तथा अन्य निकायका सूचनाहरुलाई यस भित्र क्लिक गरेर हेर्न सकिनेछ ।

आफ्नो ID Card बनउनको लागि,
• आफ्नो प्रोफाइलमा क्लिक
• परिचयपत्र क्लिक,
• ID Card Request क्लिक,
• आफ्नो पूरा नाम, जन्ममिति, रक्त समूह, जन्म स्थान, ठेगाना चयन, सम्पर्क नम्बर, टोल, पेशा र संस्थागत पदमा आफ्नो पद जसतैः सचिव, कोशी प्रदेश लेख्नुहोला र मेल फिमेल चयन गरी सब्मिट गर्नुहोला । केन्द्रीय विभागदेखि प्रमाणिकरण भएपछि डाउनलोड गर्न सकिन्छ ।

आफ्नो प्रोफाइल Update गर्नको लागि,
• आफ्नो प्रोफाइलमा क्लिक
• प्रोफाइल सम्पादन गर्नुहोसमा क्लिक (Basic Details मा आफ्नो प्रोफाइल चेन्ज गर्न सकिन्छ भने Security मा पासवर्ड चेन्ज गर्न सकिन्छ ।

आफ्नो परिवार भित्रका वंशवृक्ष एक आपसमा जोड्नको लागि,
• आफ्नो प्रोफाइलमा क्लिक
• मर्ज अनुरोधमा क्लिक
• आफूले पठाएको र प्राप्त गरिएको मर्ज र दावी अप्सनमा View ¬¬हेर्न, Approve गर्न सकिनेछ ।

आफूले संस्थालाई बिभिन्न समयमा गरेका योगदान हेर्नको लागि,
• आफ्नो प्रोफाइलमा क्लिक
• योगदानमा क्लिक

अन्य फिचरहरुः
• दाताहरुले गरेको जुनसुकै किसिमको आर्थिक योगदानको प्रमाणपत्र स्वयं दावी गर्न सकिने छ । जसलाई रेकर्डको लागि संस्थाले पनि र स्वयं पनि डाउनलोड गरेर राख्न सकिनेछ ।
• प्रयोगकर्ताले आफ्नो प्रोफाइल स्वयं रजिष्टर गर्नुपर्ने बनाइएको छ ।
• दैनिक जन्म, मृत्यु र वैवाहिक एनिभर्सरीलाई जानकारी लिन सकिनेछ ।
• दैनिक कति संख्यामा वंश थपिए र आजका दिन सम्ममा जम्मा कति संख्यामा वंश जोडिन सफल भए भन्ने कुरा यस सिस्टममा देख्न सकिनेछ ।
• पुरानो वंशावलीमा छुटेको डाटा संकलनको लागि आफ्नो मोवाइल वा कुनै पनि सम्बन्धित डिभाइसबाट विश्वको कुनै पनि ठाउँबाट स्वयं अपलोड, इडिट र अपडेट गर्न सकिनेछ
• यो सफ्टवेयरमा विवाह भएर यस कूलमा आएका महिलाको माइतको थर र ठेगाना तथा विवाह भएर गएकी चेलीको श्रीमान् (ज्वाईँ) को विवरण समेत समावेश गर्ने व्यवस्था गरिएको छ । अन्य जानकारीको लागि सुकल्पको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहोला । ।। धन्यवाद ।।

For Technical Support:
Metalogic Software Pvt.Ltd.
Kathmandu, Nepal
www.metalogic.com.np
info@metalogic.com.np